Logo

‘प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले आफ्नो फेसबुकमा ‘फेक म्यासेज’ बनाएर भ्रम फैलाएको’- सूर्य थापाले



Spread the love

२२ माघ, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीको प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले आफ्नो फेसबुकमा राख्नै नराखेको विषयलाई ‘फेक म्यासेज’ बनाएर भ्रम फैलाएको भन्दै आक्रोश पोखेका छन् । उनको फेसबुक पोस्ट भन्दै सामाजिक सञ्जालमा भोलि दरबारमार्गमा आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको भन्दै भ्रम फैलाइएको थियो ।

उनले सामाजिक सञ्जालमा सो भ्रम फैलाइएको प्रति आक्रोश पोख्दै उनले भनेका छन्, ‘‘ मेरो फेसबुक आइडीलाई स्क्रीन सट गरी  नक्कली म्यासेज बनाई सोसल मिडियामा व्यापक रूपमा दुष्प्रचार गर्न यस्तो अपराधिक गिरोह कुत्सित सक्रियतामा संलग्न रहेकोमा म उक्त कार्यप्रति खेद प्रकट गर्दछु ।

May be an image of 1 person and text that says 'Surya Thapa Just now भोलि काठमाण्डौमा हुने भनिएको बृहत् आमसभा सुरक्षा सहित बिबिध कारणले स्थगित भएको जानकारी गराउन चाहान्छु। सुर्य थापा प्रचार बिभाग प्रमुख नेपाल कम्युनि... See more'

प्रतिक्रिया दिनुहोस्