Logo

‘युरोपियन र दक्षिण एसियाली मुलुकहरुमा आतंकवादविरुद्ध बहुआयामिक प्रतिक्रियाको रणनीति अपनाउनुपर्छ’- थिंक



Spread the love

एजेन्सी। युरोपियन र दक्षिण एसियाली मुलुकहरुमा आतंकवादविरुद्ब बहुआयामा प्रतिक्रियाका लागि रणनीति बनाउनुपर्नेमा थिंक ट्यांकले जोड दिएको छ ।

सुरक्षासम्बन्धी छलफल ‘परम्परागत’ सुरक्षा मुद्दाहररु ‘अन्तरराज्य द्वन्द्व र आणविक युद्ध’ भन्दा पनि गैरराज्य संगठनहरु अलकायदा, आईएसविरुद्ध लड्नका लागि बहुआयामिक रणनीति बनाउनुपर्नेमा थिंक ट्यांकले जोड दिएका हुन् ।

यूरोपियन फाउन्डेशन फर साउथ एशियन स्टडिजका अनुसार आतंकवाद पछिल्ला दशकहरूमा राष्ट्रिय र क्षेत्रीय सुरक्षा चुनौतीको रुपमा तीव्र वृद्धि भइरहेको बताएका छन् । गैर-राज्य संगठनहरुको बढ्दो तीव्रताको पछिल्लो उदाहरण अफगान तालिबान र इस्लामिक स्टेट (आईएस) जस्ता समूहहरू हुन् ।

आईएसले इराक र सिरियामा स्व-घोषित खलिफाटमा विशाल क्षेत्र नियन्त्रण गरेका छन् । आईएसले प्रयोग गर्ने सरकारी अख्तियार र सार्वभौमिकतासँग सम्बन्धित करहरू संकलन गर्नेजस्ता कार्यहरू चलाउने क्रममा तालिबानले अब प्रत्यक्ष रूपमा अफगान र संयुक्त राज्य (अमेरिकी) सरकारसँग वार्ता गरेको छ ।

आईएस र अल कायदाजस्ता आतंकवादी संगठनहरूको मुख्य गतिविधि मध्यपूर्वमा आधारित रहेको छ, उनीहरूले सन् २००१ देखि आक्रमणहरु सुरु गरेका थिए । अलकायदाले यसभन्दा पहिले नै विश्वको प्रमुख आतंकवादी समूहको रूपमा आफ्नो प्रोफाइल स्थापित गरिसकेको छ ।

सन् १९९८ मा नैरोबी र दार एस सलाममा अमेरिकी दूतावासहरूमा हमला गरेको थियो् । त्यस समय अलकायमदा अमेरिका केन्द्रित थियो । पछिल्लो समय मध्यपूर्व हुँदै दक्षिओ एसियामा पनि जबरजस्त उपस्थिति कायम गरेको छ । संयुक्त राज्य अमेरिका सम्बद्ध मुलुकहरु, केही युरोपियन मुलुकहरुमा ठूला आतंकवादी आक्रमणहरु भइरहेका छन् ।

सन् २००४ को मड्रिड हमला, सन् २००५ को लन्डन बम विस्फोट, सन् २०१५ मा पेरिसको थिएटर आक्रमण, सन् २०१६ को बर्लिन, ब्रसेल्स, इस्तानबुल र पेरिस हमला, सन् २०१७ को इस्तानबुल र म्याचेस्टर आक्रमण भएका छन् । यस्ता आक्रमणहरुले मानवीय र भौतिक क्षति मात्रै गरेनन्, एन्टि मुस्लिम भावनालाई पनि उजागर गरिदिएका छन् ।

अलकायमदाले विश्वकै शक्तिशाली आतंककारी संगठनको रुपमा आफूलाई दाबी गरिरहेका छन् । दक्षिण एसियामा अफगानिस्ता र पाकिस्तान आतंकवादको मुख्य केन्द्र बनेका छन् । पाकिस्तान र अफगानिस्तानमा रहेका आतंकवादी संगठनहरुले दक्षिण एसियाका अन्य मुलुकहरुमा आक्रमणहरु गर्ने गरेका छन ।

सन् २००१ को भारतको संसद हमला, सन् २००९ को मुम्बई हमलालगायतका ठूलो हमलाहरु पाकिस्तानमा रहेका आतंकवादी संगठनहरुले गरिरहेका छन् । यस्ता संगठनहरुको आक्रमणबाट जोगिनका लागि बहुआयामिक प्रतिक्रिया र संगठित एक्सन आवश्यक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्