२२ माघ, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समुहले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपमा नेकपा नेता रामचन्द्र झाको टाउकोमा चोट लागेको छ । बन्द गराउन हिंडेका झाको समूहलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो ।
त्यस्तै स्थायी कमिटी सदस्य मातृका यादव पनि प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल लागेर घाइते भएका छन् । त्यस्तै कारी यादव र प्रदीप साह पनि घाइते भएको नेकपाले जनाएको छ ।
सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा र यादवसहितका नेता घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।