२१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले विहीबार देशव्यापी आमहड्ताल गर्ने भएको छ ।
नेकपा प्रचण्ड–माधव नेपाल पक्षले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा बिहीबारका लागि आह्वान गरेको आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन ।
नेकपाले बिहीबार घोषणा गरेको आम हड्ताल कार्यान्वयन गराउन काठमाडौंको ११ प्रमुख स्थानका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ । प्रचण्ड-नेपाल पक्षका स्थायी समितिका सदस्यहरुलाई हड्ताल कार्यान्वयन गराउन जिम्मेवारी तोकिएको हो । कुन स्थानको जिम्मा कसलाई ?
कोटेश्वर – लीलामणि पोखरेल
सातदोबाटो – देव गुरुङ
पुल्चोक – पम्फा भुसाल
गोंगबु – भीम रावल
बालाजु – रघुजी पन्त
बल्खु – बेदुराम भुसाल
चाबहिल – वर्षमान पुन र हरिबोल गजुरेल
कलङ्की चोक – युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य
नारायणगोपालचोक र महाराजगञ्ज – शक्ति बस्नेत
रत्नपार्क – नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्मा