Logo

अन्तत यसरी मिल्यो नायिका सुष्मा, उत्सव र आरतीबीचको विवाद



Spread the love

काठमाडौं । नायिका सुष्मा कार्की र रंग पत्रकार उत्सव रसाइलीको विवाद टुंगिएको  छ । आज सुष्मा कार्कीसँग उत्सव रसाइली र आरतीले माफी मागेपछि विवाद टुंगिएको हो ।

नायिका कार्कीले मंगलबार महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा आफूमाथि काठमाण्डौको लण्डन पबमा कुटपिट र गालीगलौज भएको भन्दै उजुरी दिएकी थिइन् । आफूलाई रंग पत्रकार उत्सव रसाइलीले गालीगलौज गरेको र नायिका स्वेता खड्काकी बहिनी आरती खड्काले कुटपिट गरेको भन्दै सुष्माले उजुरी दिएकी थिइन् ।

सुष्मालाई थप्पड हानेकी अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र उत्सवले माफी मागेका छन्। कागजमा हस्ताक्षरपछि प्रहरीकै अगाडि तीनैजनालाई अँगालो हाल्न लगाइएको थियो। तीनैजनाले आइन्दा यस्तो कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उत्सवले केही कुरामा असमझदारी भएको भन्दै नहुने पर्ने घटना भएको भन्दै माफी मागे । उनले, आगामी दिनमा यस्ता खालका विवाद, भनाभन हुने छैन भन्ने सहमती पनि भएको बताए । एक अर्काको आत्मालाई सम्मान गरेर अगाडि बढ्ने सहमती भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्