Logo

२५० केजी गाँजासहित दुई जना पक्राउ



Spread the love

२१ माघ, सुनसरी । सुनसरीको इनरुवा नगरपालिका २ बलाहा नहरबाट दुई सय ५० किलाे गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गाडी चालक भोजपुर हतुवागडी गाउँपालिका–९ का २७ वर्षीय अर्जुन खड्का र धरान उपमहानगरपालिका–१ का २६ वर्षीय ज्याक्सन श्रेष्ठ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । 

धनकुटाबाट को १ च ९८५२ नम्बरको स्कारपियो गाडीमा राखेर सुनसरी र मोरङगको बाटो प्रयोग गरेर भारततर्फ बिक्री वितरणका लागि लगिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले २५० केजी गाँजासहित स्कारपियो गाडी, खड्का र श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड गोली समेत चलाएको थियो। उनीहरूबाट प्रहरीले २ सय ५० किलो गाँजा, एक लाख ५४ हजार रुपैयाँ र खुकुरी बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्