२१ माघ, काठमाडौं । २४ घण्टा यता काठमाडौँ उपत्यकामा थप ५५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँमा ४४, भक्तपुरमा ३, ललितपुरमा ८ जना कोरोना संक्रमित भेटिएका हुन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६७ हजार ६५ पुगेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०३१ पुगेको छ ।
हाल देशभर २ हजार ३ सय ३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्