२१ माघ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
अधिवक्ता समीर हायूले दायर गरेको अदालतको अवहेलना सम्बन्धी मुद्दाको बुधबार सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।
अधिवक्ता हायूले सोमबार प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएका थिए । यसमने मंगलबार नै सुनुवाइ हुने भनिए पनि ’हेर्न नभ्याइने’ भन्दै बुधबारका लागि पेसी सरिएको थियो ।
यसअघि सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्व सभामुख दमननाथ ढुंगानाका नाममा पनि कारण देखाऊ आदेश जारी गरेको थियो ।