२१ माघ, काठमाडौं । नेपाल सरकारका पूर्व सचिव प्रेमकुमार राई प्रमुख आयुक्त बनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २ जना आयुक्तले राजीनामा दिने तयारी गरेका छन् ।
आयुक्त जोशीले आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामापत्र बुझाएका हुन्।
तर, राईले पद्भार सम्हाल्दा हाल अख्तियारमा रहेका २ जना आयुक्त गणेशराज जोशी र आयुक्त सावित्री थापा गुरुङले पदबाट राजीनामा दिने तयारी गरेका हुन् । जोशी अहिले अख्तियारको कार्यवाहक प्रमुख आयुक्त समेत हुन् । दुवै जनाले सम्भवत: बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पत्र बुझाउने अख्तियार स्रोतले जानकारी दियो ।
२०७१ चैतमा अख्तियारको आयुक्तमा नियुक्त भएका जोशीले चैत १९ गते अवकाश पाउँदै थिए। ६ वर्षे कार्यावधि सक्काउन दुई महिना बाँकी रहँदै उनले राजीनामा दिएका हुन्। उनी प्रमुख आयुक्त रिक्त हुँदा कार्यबहाक आयुक्त समेत थिए।