२१ माघ, काठमाडौं । संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ ।
संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको छ ।
उनले लेखेका छन्, ‘केपी ओलीको असंवैधानिक निरंकुश जनविरोधी कदमको विरुद्ध भोलिको नेपाल बन्द सफल पार्न सम्पूर्ण रूपमा लागौं ।’ नेकपाले यसबारे जानकारी दिन दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरेको छ ।
पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस्