२१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बुधवार दिउँसो आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ ।
दिउँसो २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
संवैधानिक परिषद्ले नियुक्त गरेका विभिन्न आयोगका पदाधिकारीहरुले आज राष्ट्रपतिबाट शपथ लिएलगत्तै प्रचण्ड नेतृत्वको नेकपाले आकस्मिक पत्रकार सम्मेलन बोलाएको हो।
प्रतिक्रिया दिनुहोस्