उपराष्ट्रपतिले
२१ माघ, काठमाडौं । सभामुख अग्नि सापकोटासँगै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि संवैधानिक निकायका प्रमुख र सदस्यहरुको शपथग्रहण समारोह बहिष्कार गरेका छन्।
बुधबार बिहान राष्टपति कार्यलय शीतल निवासमा सम्पन्न विभिन्न संबैधानिक निकायका पदाधिकारीको शपथग्रहण समारोहलाई उपराष्ट्रपति पुन र सभामुख सापकोटाले बहिष्कार गरेका हुन् ।
लामो समय देखी रिक्त रहेको विभिन्न संवैधानिक निकायहरुमा सिफरिस भएका व्यक्तिहरुको राष्ट्रपति भवन शितल निवासमा आयोजित सपथग्रहण समारोहमा पुन र सापकोटा अनुपस्थित हुनुभएको हो ।
सापकोटा र पुन दुवै जना पूर्व माओवादीबाट यी पदमा पुगेका हुन्। संवैधानिक पदमा पुगेपछि दलीय हैसियत नरहने भए पनि नेकपा विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग गर्ने अभियानमा दुवैजना उत्रिएका हुन्।
पुस ५ को प्रतिनिधिसभा विघटनपछि भएको नेकपा विभाजनको असर संसद र संवैधानिक निकायमा पनि देखिएको छ। संवैधानिक निकायमा नियुक्ति गर्न सुनुवाइका लागि आएको पत्रलाई केही दिनअघि सभामुख सापकोटाले फर्काइदिएका थिए।