२१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले दुनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धको बारे बोल्न सही समयको पर्खाइमा रहेको बताउनु भएको छ ।
बुधवार बिहान ट्वीटमार्फत झाँक्रीले दुनियाँ यही पर्खाईमा रहेको र पार्टीले गरेको संघर्ष खेर गएको बताएकी छन्।
आफूले सबै कुरा जिम्मेवारीसाथ भनिरहेको उल्लेख गर्दै उनले लेखेकी छिन्, ‘दुनियाँ यही समयको पर्खाइमा थियो। मैले नै वास्तविकता भनिदिउँ.. भने, जिम्मेवारीसाथ भनेको छु। पुष्टि गर्न नै के पो बाँकी रह्यो र अब? दुईजना मिलेर संविधानलाई कागजको खोष्टो बनाए। हाम्रो संघर्ष र प्राप्त उपलब्धि के नै बाँकी रहने भयो र?’
प्रतिक्रिया दिनुहोस्