Logo

मन्त्रीलाई कालो झन्डा देखाउने चार जना विद्यार्थी पक्राउ



Spread the love

२० माघ, काठमाडौं । मन्त्रीलाई कालोझन्डा देखाउन पुगेका अनेरास्ववियूका चार नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहदरबारबाट पुल्चोकस्थित मन्त्री क्वार्टर फर्किएका मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियूका चार नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरोज श्रेष्ठ, सञ्जय काल्दन, आरती लामा र मनीषा कार्की रहेको अनेरास्ववियूले जनाएको छ ।

“प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमकाविरुद्ध हामीले मन्त्रीहरूलाई लक्षित गरेर पुल्चोकमा कालो झन्डा देखाएका थियौं । अहिले जावलाखेल वृत्तमा राखिएको छ । प्रहरीले धरपकड गरेर यहाँ ल्यायो,” उनले भनिन् ।

मन्त्रीको गाडी देख्दा साथ उनीहरुले कालो झण्डा देखाएका थिए । पूर्वघोषित कार्यक्रम अनुसार मन्त्रीहरुलाई कालोझण्डा देखाएर विरोध गरिएको अनेरास्ववियूले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्