Logo

‘तोप गोला’सँग नहार्नेले नेपाली यत्रायत्रा डल्लासँग किन हार्ने ?प्रधानमन्त्री केपी ओली



Spread the love

२० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताएका छन् ।

उनले नेपालीको इतिहास हार्ने नभएको बताउँदै यस्तो अभिव्यक्ति दिएका हुन्। प्रज्ञा प्रतिष्ठानमा आयोजित खेलकुदसँग प्रधानमन्त्री अन्तक्रिया कार्यक्रममा ओलीले ‘तोप गोला’सँग नहार्नेले खेलकुदमा हार्न नहुने बताए। अन्तर्क्रियामा ओलीले नेपाल खेलकुदमा किन पछाडि परेको छ भन्नेबारे मन्तव्य दिए।

‘नेपाल कहिल्य उपनिवेश बनेन। यत्रा डल्ला फ्यक्दा किन हार्ने? कक्रेटमा किन हार्नु परेको छ? तोप गोलासँग नहार्ने, लडाइ कहिल्यै नहार्ने परम्परा भए पनि खेलकुदमा हार्‍यो। एउटा कुस्ती हार्‍यौं,’ उनले भने।

उनले अभ्यास नपुगेका कारण बहादुर पुर्खाका सन्तान खेलकुदमा हारिरहेको पनि बताए। त्यसलाई पनि ठट्यौले शैलीमा भने, ‘बहादुर पुर्खाकै सन्तान भएपनि खेलकुदमा हारियो। राष्ट्रिय युद्ध जित्ने, एउटा कुस्ति हार्ने, एउटा कराँते, सितोरियो हार्ने, यो मिलिराख्या छैन। नमिलेको कुरा मिलाउने अभ्यासले हो। अभ्यास जित्ने तहमा उठाउन जरुरी छ।’

प्रतिक्रिया दिनुहोस्