२० माघ, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले एक सय २० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
मुख्य मन्त्री ग्रामीण विकास परियोजना कार्यक्रम अन्तर्गत वडा नम्बर पाँच छापहिलेका ७५ वर्ष उमेर पुगेका नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई रेडियो, टर्च लाईट, बल्याकेट सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर पाँच छापहिले भौगोलिक विकटताका कारण वडाका दुइ स्थानमा कार्यक्रम आयोजना गरि सम्मान सहित सामाग्री प्रदान गरिएको हो । सम्मानसहित सामग्री पाउदा जेष्ठ नागरिक हर्षित भएका छन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले मालिका गाउँपालिका सदैब नागरिकको साथमा रहेको उल्लेख गर्नु भयो । साथै जेष्ठ नागरिकको साहाराको लागी रेडियो, टर्च लाईट तथा न्यानोको लागी बल्याङ्केट प्रदान गरिको बताए ।
त्यस्तै उपाध्यक्ष देवा अर्याल रिजालले ” हाम्रो सानो सहयोगले जेष्ट नागरिकको मुहारमा खुसी ल्याउने बताईन ” । त्यस्तै मुख्य मन्त्री ग्रामीण विकास परियोजनाका सदस्य रनमाया पुनले कार्यक्रमको बारेमा प्रकाश पारिन ।