मालाकण्ड । पाकिस्तान लोकतान्त्रिक आन्दोलन (पीडीएम)ले इमरान खानको वर्तमान सरकारविरूद्ध देशव्यापी आन्दोलन र र्यालीहरु गरिरहेको छ ।
११ विपक्षी दलको साझा गठबन्धन पीडीएमका पमुख मौलाना फजलुर रहमानले प्रधानमन्त्री इमरान खानलाई ‘जिहाद’ को संज्ञा दिएका छन् । खैबर पख्तूनख्वाको मलाकन्डमा आयोजना गरिएको पीडीएम र्यालीमा उनले घोषणा गरे कि देश जिहादविरुद्ध लडन जुनसुकै कुरा त्याग गर्न पनि तयार छ ।
उनले ‘शासकहरूले गरीबमाथि दमन गर्नु भनेको जिहाद’ भएको उल्लेख गर्दै उनले शासकहरुको दमनविरुद्ध एकजुट हुनुपर्ने बताएका छन् । रहनेछ।’ इमरान खानको भ्रष्ट सरकार हटाउन पीडीएमले आयोजना गरेका धेरै जुलुसमध्ये मालाकण्ड र्याली पनि एक हो । यस महिनाको सुरुमा बहावलपुरमा एउटा जुलुस आयोजना गरिएको थियो ।
त्यसैगरी अक्टोबर १६ देखि पेशावर, कराची, क्वेटा, मुलतान र लाहोरलगायतका क्षेत्रमा सरकारविरोधी र्यालीहरु आयोजना गरिएका थिए । मलाकन्ड र्यालीमा मौलानाले इमरानको नेतृत्वमा रहेको सरकारलाई जनरल जिया-उल-हक र जनरल परवेज मुशर्रफको दमनकारी शासनसँग तुलना गरेका छन् । उनले भने, ” त्यस समयमा देशमा कुनै प्रजातन्त्र थिएन र सरकारले संविधान र प्रान्तविरूद्ध षडयन्त्र रचेको थिए ।
अहिले पनि त्यस्तै भइरहेको छ ।” इमरान खानले पनि त्यस समयको मार्शल कानुनको अभ्यास गराउन खोजेको आरोप लगाएका छन् । उनलाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यम डनले भनेको छ, “जनरल जिया र जनरल मुशर्रफको युगभन्दा पनि खराब छ ।”
उनले जनतालाई पीडीएमको छत्रछायाँमा यस ‘असक्षम सरकार’ लाई हटाउन र देशको वास्तविक प्रजातन्त्र पुनर्स्थापना गर्न र जनताको हतियार खोसेको ‘अयोग्य’ सरकारलाई सत्ताबाट हटाउन आग्रह गरेका छन् ।
पीडीएमले जनवरी ३१ सम्म राजीनामा दिन पनि सरकालाई चेतवानी दिएका थिए । तर, खानले भने राजीनामा दिएका छैनन् ।