Logo

आजै सेनाले किन लडाकू गाडी कुदाउँदैछ ?



Spread the love

२० माघ, काठमाडौं  । नेपाली सेनाले नियमित अभ्यास भन्दै सोमबार राति १० वटा बख्तरबन्द गाडीलाई चक्रपथ परिक्रमा गराएको छ ।

संयोग नै मान्नुपर्छ, राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गरेको १६ वर्ष पुगेकै दिन म्यानमारमा सत्ता कब्जा भयो, नेताहरुलाई नियन्त्रण लिइयो, अनि टेलिफोन र विद्युतसमेत काटियो ।

यसअघि पनि ती साधन नियमित मर्मत सम्भारपछि गुडाइन्थ्यो । तर, सार्वजनिक जानकारी गराईंदैनथ्यो । गलत सन्देश नजाओस् भनेर यसपटक अघिल्लो दिन नै सञ्चारमाध्यमहरूलाई जानकारी गराएका हौं ।’

सेनाले सोमबार राति चक्रपथ परिक्रमा गर्ने र बुधबार आठै पृतनामा रहेका बख्तरबन्द गाडी बाहिर निकाल्ने सूचना आइतबार नै सार्वजनिक गरेको थियो । ‘नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको, त्यसैगरी ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँदछौँ,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले आइतबार ट्विटरमा लेखेका थिए ।

सैनिक विज्ञहरूका अनुसार जुनुसुकै लडाईंमा पनि फौजले दुश्मन बसेको जमिन कब्जा नगरेसम्म अन्तिम उद्देश्य हासिल हुँदैन । त्यसकारण यस्ता मेकानाइज्ड साधनहरूले पदीक फौजलाई कम फौजको साथ सुरक्षितसाथ त्यहाँ पुर्याउने गर्छ ।

बख्तरबन्द गाडीहरू नेपाली सेनाले विश्वका विभिन्न मुलुकमा शान्ति सेनामा छँदा प्रयोग गरेर पछि ल्याइएको हो । शान्ति सेना छाडेपछि त्यहाँ प्रयोग गरिएका यस्ता सवारी साधन समेत फिर्ता गर्नुपर्ने भएकाले निरन्तर जम्मा भइरहेको बताइन्छ । १० औं वर्षसम्म राष्ट्र संघअन्तर्गतको शान्ति सेनामा प्रयोग भएपछि सम्बन्धित देशका सैनिकसँगै फिर्ता गर्नुपर्ने भएकाले नेपालमा पनि पछिल्ला वर्षमा धेरै जम्मा हुन थालेको हो । तीमध्ये धेरैजसो त्यस्ता सवारी साधन सेनाको युद्ध कवच ब्यारेक,सीतापाइलामा राख्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्