Logo

भारतको रक्षा बजेट १५ वर्षपछिको सवैभन्दा धेरै



Spread the love

काठमाडौँ । भारतमा आज बजेट आउदै छ । हरेक बर्ष फेब्रुअरी १ मा भारतको संसदमा बजेट प्रस्तुत हुने गर्दछ ।

भारतले सोमबा वार्षिक बजेट पेश गर्दैछ । आर्थिक वर्ष २०२१/२२ का लागि प्रस्तुत हुने यो बजेट कोरोना महामारीपछिको पहिलो बजेट हो । भारतीय  वित्तमन्त्री निर्मला सितारमणले भारतीय समय अनुसार भोलि ११ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

भारतले एक सयभन्दा बढी देशलाई खोप दिने घोषणा गर्दै खोपका लागि तीन खर्ब ५० अर्ब भारतीय रुपैयाँ छुट्याएको छ ।  यस्तै भारतले वायु प्रदूषण नियन्त्रणका लागि २२ अर्ब १७ करोड भारतीय रुपैयाँ छुट्याइएको छ । भारतले बीमा कम्पनीमा वैदेशिक लगानीको सीमा ४९ प्रतिशतबाट बढाउँदै ७४ प्रतिशत पुर्‍याउने बताएको छ ।

कोभिड–१९ का कारण सन् २०२० मा भारतीय अर्थतन्त्र ७.७ प्रतिशतले खुम्चने अनुमान आर्थिक सर्वेक्षणमा उल्लेख छ । आर्थिक सर्वेक्षण शुक्रबार प्रस्तुत भएको थियो । भारतमा यो भन्दा पहिला सन १९७९—८० सबैभन्दा बढी ५.५ प्रतिशतले आर्थिक बृद्धिदर खुम्चिएको थियो । भारतमा आगामी आर्थिक वर्ष  ११ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । भारतमा अप्रिल १ देखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्