Logo

विद्यार्थी नेतामाथि प्रहरीले गरेको कुटपिटप्रति नेकपा प्रचण्ड-माधव समूहको आपत्ति



Spread the love

१९ माघ, काठमाडौँ । संसद विघटनको विरोधमा आन्दोलनरत विद्यार्थी नेतामाथि प्रहरीले गरेको कुटपिटप्रति नेकपा प्रचण्ड-माधव समूहले आपत्ति जनाएको छ ।

नेकपा प्रचण्ड-माधव समूहका नेता एवं नेकपा केन्द्रीय संघर्ष समितिका सहसंयोजक समेत रहेका योगेश भट्टराईले सोमबार जारी गरेको प्रेश नोटमा भनिएको छ ।

‘असंबैधानिक र प्रतिगामी कदमका बिरुद्ध आज अनेरास्वबियूको आयोजनामा काठमान्डौको बानेश्वरमा भएको शान्तिपूर्ण बिरोध कार्यक्रम सम्पन्न भएर फर्कनेक्रममा अनेरास्वबियू केन्द्रिय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा रखेपछी प्रहरीद्वारा निर्मम कुटपिट गरेको घटनाको नेकपा केन्द्रिय संघर्स समिती घोर निन्दा गर्दछ । प्रहरीको कुटाईबाट प्रशुन कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कार्वाही गर्न माग गर्दछौ । आन्दोलनकरीहरुमाथि कार्वाहीमा उत्रने कुनै पनि ब्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटीसमा राख्ने जानकारी समेत गराउदछौ ।

आन्दोलनकरीमाथि कारबाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटिसमा राखेको नेता भट्टराईले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्