Logo

उपप्रधानमन्त्री पोखरेल र ऊर्जामन्त्री रायमाझीको गाडीमा ढुंगामुढा प्रहार



Spread the love

१९ माघ, काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेल र ऊर्जामन्त्री टोपबहादुर रायमाझी सहभागी रहेको नुवाकोटको एक कार्यक्रममा विभाजित नेकपाका दुई पक्षबीच झडप भएको छ ।

कार्यकर्ता भेलामा सहभागी हुन सोमबार नुवाकोट पुगेका  पोखरेललाई नुवाकोट आदर्श बहुमुखी क्यामसअघि दाहाल-नेपाल समूहका कार्यकर्ताले अवरोध गरेपछि कुटाकुट भएको हो ।

झडपका क्रममा प्रदर्शनकारीमाथि लाठीचार्ज भएको थियो भने प्रदर्शनकारीले मन्त्रीहरुको गाडीमा ढुंगामुढा प्रहार गरेका थिए।

सो क्रममा उपप्रधानमन्त्री पोखरेलको सवारी गाडीमा तोडफोडसमेत भएको थियो । घटनापछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

पोखरेलको विरोधमा प्रर्दशनमा उत्रिएका समूहले कालो झन्डा देखाउनेदेखि मन्त्री पोखरेल चढेको गाडीलाई लक्षित गरेर ढुङ्गा समेत प्रहार गरेका थिए। तर, ढुङगा मन्त्री चढेको गाडीमा भने लागेको थिएन। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुई धार देखिएको छ। आन्दोलनरत प्रचण्ड- माधव समूह अहिले सडक आन्दोलनमा छ। त्यस्तै सरकार संचालन गरिरहेको ओली समुहका नेताहरु पनि दैनिकजसो सभा तथा र्‍याली निकालिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्