Logo

चुनाव वैशाख १७ बाट १ दिन पनि पर सर्दैन, तयारी गर्नुस् : प्रधानमन्त्री ओली



Spread the love

१९ माघ, धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव एक दिन पनि पर नसर्ने बताएका छन् ।

सोमबार ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते तोकिएकै दिन चुनाव हुने बताए ।

उनले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकोमा पनि चित्त दुखाए । ‘केपी ओली मधेसीविरोधी हो भनेर कान–कानमा पुर्‍याएका होला । ती मधेसप्रेमी डोम, चमार र दुसाधको छोरालाई काँखमा राख्न सक्छ,’ प्रधानमन्त्री ओलीले भने,‘हेरु त कतिको मधेसीप्रेमी हो ।

केपी ओलीले नै मधेसमा बाटो, ढल र सिंचाइ बनाउँछ । तराईमा सिंचाइ गर्न पहाड छेडेर कोसी ल्याउँदैछौ ।’ उनले जनकपुर–ढल्केबर ६ लेन सडक बनेपछि युवाहरु हातै छोडेर मोटरसाइकल चलाउन खोजेको बताउँदै भने,‘तर म भन्छु मोटरसाइकल हातले समाएरै चलाउनुस् ।’

‘केपी ओली मधेश विरोधी भनेर भन्छन् तर कुनै मधेशप्रेम भएको एउटा डोमको छोरालाई उठाएर हेर्नुहोस् तर उठाउनु हुन्न, त्यही भएर खोक्रो नारा लगाएर हुँदैन, उर्वरभूमि मधेशको विकास गरौं ।’ उनले भने, ‘केपी ओलीलाई मधेशविरोधी भन्छ, तर उसैले मधेशको बाटो, सडक, ढल, सिचाई ल्याउँदैछ, भागिरथले गंगा ल्याएर हामी पहाड छेडेर कोशी ल्याउँछौं, हामी हाम्रो देश बनाउँछौं ।’

पशुपतिमा १५१ किलोको सुनको जलप हालिदिन्छु भनें परम्परा बिग्रियो भनेर केही पत्रकार र मिडियाले लेखे । उनले भने, ‘किसानको छोरो तपाइहरु किन पत्रकारिता गर्नुभो, प्रोफेसर किन बन्नुभो, किसानको छोरा किसान, भए भइहाल्थ्यो नि, अनि पो परम्परा बाँच्थ्यो ।’

मेरो बुवा प्रधानमन्त्री त थिएनन् तर म प्रधानमन्त्री भएँ, नयाँ कामको लागि पुरानो परम्परा भत्काउनु पर्छ । प्रधानमन्त्री ओलीले धनुषाको ढल्केवरमा देशको सबैभन्दा ठूलो ४ सय केभीको सब–स्टेशन उद्दघाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्