१८ माघ, सुर्खेत । रुकुम पश्चिमबाट नेत्रविक्रम चन्द विप्लव समूहका ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका–२, बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा (प्रशान्त), त्रिवेणी–९, प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाइली छन् ।
गएको माघ १० गते त्रिवेणी गाउँपालिका–६ बिसौनीमा प्रेशर कुकर बम राखेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको रुकुम पश्चिमका डीएसपी धुर्वकुमार श्रेष्ठले जानकरी दिए ।
बोहरा विप्लवको विद्यार्थी संगठन विद्यार्थी संगठनका जिल्ला अध्यक्ष समेत हुन् । उनीहरुले मुसिकोट नगरपालिका –१ को रावलबाडामा संगठन विस्तार गरिरहेको विशेष सूचनाका आधारमा आईतबार रुकुमपश्चिम प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्