Logo

आजको सुनुवाइ हेर्दाहेर्दै, भोलिदेखि सरकारी वकिलले बहस गर्ने



Spread the love

१८ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमा आइतबारसम्म रिट निवेदकतर्फको बहस सकिएको छ ।

आइतबार रिट निवेदकहरुले बहस गरेर सकेपछि अब विपक्षीको बहस सोमबारदेखि सुरु हुने भएको छ । रिट निवेदकतर्फका कानुन ब्यवसायीले निरन्तर १३  दिन (शनिबार बाहेक) दिनसम्म बहस गरे । सोमबारबाट प्रधानमन्त्रीको तर्फबाट माहान्यायधिवक्ता, सरकारी वकिल, कानुन ब्यवसायीले बहस गर्नेछन्। 

सुरुआतमा संवैधानिक इजलासमै सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा पठाउने भन्नेमा सुनुवाइ चलेको थियो। संवैधानिक इजलासले बृहत पूर्ण इजलासमा पठाउन आवश्यक नठानेपछि ४ माघदेखि निरन्तर सुनुवाइ चलिरहेको छ।

संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने जानकारी गराएका छन् ।

संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले बहस गर्नेछ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षाका लागि बहस गर्न निजी कानुन व्यवसायीले पनि नाम लेखाएका छन् । सभामुखको तर्फबाट पनि निजी कानुन व्यवसायीले बहस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्