१७ माघ, काठमाडौं। वन मन्त्री समेत रहेका नेकपा ओली समूहका नेता प्रेम आलेले सुदूरपश्चिमबाट भीम रावलले प्रत्यक्ष चुनाव जिते आफूले राजनीतिबाटै सन्यास लिने घोषणा गर्नुभएको छ ।
शनिबार काठमाडौंमा सुदुरपश्चिम स्तरीय भेलालाई सम्बोधन गर्दै उनले रावलसँग चूनाव लड्ने हिम्मत नभएको भन्दै प्रत्यक्ष चुनाव लडेर जिते राजनीतिबाटै सन्यास लिने घोषणा गरेका हुन ।
उहाँले रावलसंग चूनाव लड्ने कुनै एजेण्डा नै नभएको दावी समेत गर्नुभयो । सुदुरपश्चिमबाट चूनाव लडे हार्ने भएकाले रावल समानुपातिकमा उठ्ने तर्क उहाँको छ ।
उनले सुदुरपश्चिममा साविक नेकपाको खातामा रहेको पैसाको अनियमितता गरेको र त्यही पैसाले प्रचण्ड–नेपाल पक्षले कार्यक्रम गरेको भन्दै रावलसंँग हरहिसाव मागिने धारणा राखे।
प्रतिक्रिया दिनुहोस्