१७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गरेका छन् ।
भरतपुर महानगरपालिका– १० स्थित विमानस्थल अगाडि आज प्रधानमन्त्री ओलीले सो कार्यको शुभारम्भ गरेका हुन् । उनले सोही स्थानमा निर्माण गरिएको शिलालेखको पनि अनावरण गरेका हुन् ।
शिलान्यास समारोहमा सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले आयोजनाका बारेमा जानकारी गराएका थिए । देशको मध्यभागमा रहेर पनि ठूलो सभासमारोह आयोजना गर्न हलको अभाव भएपछि सरकारले सिटीहल निर्माण सुरु गरेको हो ।
सिटीहल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाउँमा ल्याएको थियो । सोही जग्गामा सिटीहल निर्माण थालिएको हो ।
शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी भएका थिए ।