Logo

‘ओलीजीले मलाई फुच्चे बनाउनु भएकोमा धन्यवाद’- प्रचण्ड



Spread the love

१७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले ‘केपी ओलीूको घमण्ड चुरचुर भएको बताएका छन् ।

शनिबार धनगढीमा आयोजित आफू निकट कार्यकर्ताको विरोध कार्यक्रममा प्रचण्डले भने, ‘धनगढीमा अस्ति आउँदा अलि फुलेका थिए, तपाईंहरू सडकमा आएर यहाँ पनि एक तिहाइ पुग्दैन भन्ने देखाएर ओलीजीले मलाई फुच्चे बनाउनुभएको मा धन्यवाद दिन चाहन्छु ।’

कार्यक्रममा देखिएको उपस्थिती देखेर उत्साहित बनेका प्रचण्डले थपे, ‘सडकमा पनि केपी ओली एक तिहाई हो । तपाईहरुले तिमी फुच्चे नै हो भनेर सावित गरिदिनुभयो ।’ उनले केपी ओली पार्टीमा मात्र होइन, सडकमा समेत एक तिहाइ रहेको भन्दै ब्यंग्य गरे ।

ओलीको कदमविरुद्ध सभामुखले बैठक बोलाउने र ओलीले राष्ट्रघात गरेको ठहर गर्दै प्रधानमन्त्रीबाट हटाउँदै उनलाई कारबाही गर्ने अधिकार संसदले राख्ने उनको भनाइ थियो । 
प्रचण्डले सर्वोच्च अदालतले मुद्दाको सही फैसला गर्नेमा आफू विश्वस्त रहेको पनि बताए । +

प्रतिक्रिया दिनुहोस्