Logo

प्रतिनिधिसभा विघटनविरुद्ध ‘अहिंसात्मक नागरिक प्रदर्शन’



Spread the love

१७ माघ, काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा डा. गोविन्द केसी,नारायण वाग्लेको अगुवाइमा राजधानीको माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन भएको छ ।

शनिबार काठमाडौंको माइतिघरमा बिभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीतामा संसद बिघटनको विरोधमा विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

माइतिघरबाट सुरू विरोध प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो, सभामा डा गोविन्द केसीले प्रधानमन्त्री ओली तानाशाहको बाटोमा अघि बढेको आरोप लगाए । मुलुकमा हत्या हिंसा, भ्रष्टचार, अनियमिता बढ्दै गए पनि सरकार भने मौन रहेको उनको भनाइ थियो ।

 ‘प्रतिनिधिसभा विघटनविरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन’ को ब्यानरमा भएको प्रदर्शनका क्रममा डा गोविन्द केसी, चर्चित पूर्वप्रहरी डीआईजी रमेश खरेललगायतका स्वतन्त्र नागरिकहरुको सहभागिता रहेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि सडकमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्