Logo

प्रधानमन्त्री केपी ओलीको कार्यक्रम विथोल्ने चेतावनी दिएपछि सुरक्षा व्यवस्था कडा



Spread the love

१७ माघ, काठमाडौं। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम विथोल्ने चेतावनी दिएकी छिन् ।

आज भरतपुर निर्माण भइरहेको सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज चितवन जाँदैछन् ।

शिल्यान्यास गर्ने विकास आयोजनाको चितवनको सुरक्षा व्यवस्था मजबुद बनाईएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको चार बिघा चार कट्ठा जमिनमा सिटीहल निर्माणको काम संघीय सरकारको बजेटबाट सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत् भइरहेको छ। 

प्रधानमन्त्री जाने भएपछि आज बिहानैबाट जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। भरतपुरका मुख्य सडकहरूमा ठूलो संख्यामा सुुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्