Logo

कुकुरलाई आत्महत्या गर्न उक्साउँने यो पुल (भिडियोमा)



Spread the love

एजेन्सी । संसारमा एउटा यस्तो पनि पुल छ जसले कुकुरलाई आत्महत्या गर्न उक्साउँछ । पुलले पहिला कुकुरहरूलाई आफूतिर खिँच्छ अनि उनीहरू त्यहाँ पुगेपछि ५० फीटमाथिबाट हाम्फाल्छन् ।

स्कटल्यान्डको डन्बार्टन नजिकैको मिल्टन गाउँमार रहेको ओबरटन पुलमा एउटा यस्तो स्थान छ त्यहाँबाट बढी आत्महत्याको घटना भएको तथ्यांक छ । ५० फिट उचाईको पुलको भागबाट फाल हाल्ने गरेको कुकुरमध्ये सायदै बाँचेका छन् । सन् १९६० यता पुलबाट छ सय कुकुरले आत्महत्या गरिसके । 

मानिसका अनुसार, एक व्यक्तिले ओभरटन पुलबाट आफ्नो बच्चा तल फ्याँकेको थियो । त्यो बच्चा एन्टीक्राइस्ट भएको अनि बच्चा फ्याँकेको केही महिनापछि उक्त व्यक्तिले पनि आत्महत्या गरेको उनीहरू मान्छन् ।अर्काथरी चाहिँ यहाँ जिउँदो र मृत मानिसको संसारको मिलन भएको र दुवैतिरका शक्तिहरू क्रस हुने बताउँछन् ।कुकुरहरूले मानिसले नदेख्ने कुरालाई राम्ररी अनुभव गर्छन् । यी सबै घटनाका कारण पुलमा बोर्ड टाँगेर कुकुरहरूलाई सावधान रहन आग्रह गरिएको छ ।

अन्य स्थानमा कुकुर देखि सावधान लेखिन्छ तर त्यहाँ कुकुरले आत्महत्या गर्ने गरेबाट कुकुरलाई राम्ररी लान भनिएको छ । कुकुरका लागि सावधान अपनाउन लेखिएको छ । त्यहाँ भूतप्रेत रहेको विश्वास गर्नेहरु पनि छन् ।

त्यहाँ एउटा घटनको चर्चा हुन्छ । जसमा सन् १९९४ मा एक व्यक्तिले आफ्नो बच्चालाई यसै पुलबाट तल फालिदिएको थियो । उक्त बच्चा एन्टी क्राइस्ट थियो र केहि महिना पछी बच्चा फाल्ने व्यक्तिले समेत त्यहि पुलबाट हामफालेर आत्महत्या गरेको थियो ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/oI7iPb3qtZM

प्रतिक्रिया दिनुहोस्