१६ माघ, काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत यान्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त भेटमा उहाँहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
अमेरिकामा राष्ट्रपति जो बाइडेनको कार्यकाल सुरु भएसँगै राजदूत बेरीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गरिसकेका छन् । अमेरिकी नयाँ प्रशासनको नीतिबारे उनले जानकारी गराउँदै आएका छन् ।
नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरुबारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका भएको बताएका थिए । लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र केटीहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता रहेको भेटवार्तापछि उनको भनाइ थियो ।