Logo

हालसम्म नेपालमा ४६ हजार बढीले कोरोना भाइरस विरुद्धको खोप लगाए



Spread the love

१६ माघ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ४६ हजार बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएको जानकारी दिएको छ ।

कोभिड १९ विरुद्धको खोप अभियानको तेस्रो दिन ४६ हजार भन्दा बढीले खोप प्राप्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६९ खोप बुथबाट ७७ जिल्लामा कुल जम्मा ४६ हजार १९७ जना व्यक्तिहरुले खोप लगाएको जानकारी गराएको छ ।

प्रदेश नं १ मा ७ हजार ३६९, प्रदेश नं २ मा ४ हजार ६५०, वाग्मती प्रदेशमा १५ हजार ६४१, गण्डकी प्रदेशमा ७ हजार १५३, लुम्बीनी प्रदेशमा ४ हजार ६३५, कर्णाली प्रदेशमा २ हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७८३ जनाले खोप लगाएका हुन् ।

खोप लगाएकाहरु केहीलाई स्वास्थ्यमा सामान्य असर देखिएको जानकारी आए पनि ती व्यक्तिहरुमा केही समयपश्चा आफै निको भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्