Logo

प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगसँग माग्यो कागजको प्रतिलिपि



Spread the love

१६ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले नेकपासँगै सम्बन्धित सबै कागजातको प्रतिलिपि माग गरेको छ ।

आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाको दुबै पक्षलाई बोलाएको थियो ।

प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा सम्बन्धी विषय सर्वोच्चमा विचाराधीन भएको अवस्थामा चुनावको तयारी अगाडि नबढाउन आग्रह गरेको छ । ‘सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा चुनावी तयारी नगर्न र निर्वाचन आयोगमा रहेका हाम्रो पार्टीसँग सम्बन्धित सबै कागजको प्रतिलिपि माग्नु थियो, त्यसैका लागि हामी आयोग आएका हौं,’ स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले आयोग परिसरमा पत्रकारसँग भने । 

निर्वाचन घोषणा भइसकेपछि तयारी थाल्नु आयोगको कर्तव्य भन्दै चुनावका लागि भएको तयारी भने रोक्न नमिल्ने आयोगले बताएको थियो । आयोगले मतदाता अद्यावधिक र मतदान केन्द्र तोक्ने काम शुरू भएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्