Logo

क्यानडा पठाइदिन्छु भन्दै एक करोड ठगी गरेको आरोपमा एक युवा पक्राउ



Spread the love

१५ माघ, पोखरा । क्यानडा पठाइदिन्छु भन्दै ३३ जना युवाबाट १ करोड रुपैयाँभन्दा बढी उठाएर ठगी गरेको आरोपमा एक युवा पक्राउ परेका छ । 

पक्राउ पर्नेमा ३८ वर्षे धीरजकुमार विश्वकर्मा पक्राउ परेका छन्। उनलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरे पनि बिहीबार सार्वजनिक गरेको छ। 

साउदी अरबको ड्राइभिङ लाइसेन्स भएकाले पोखरेलले त्यही भिसामा क्यानडा जाने सपना देखे । पोखरेलले कार्कीमार्फत धीरजकुमार बिक नाम गरेका व्यक्तिलाई भेटे । क्यानडामा आफ्नो मान्छे भएको र सजिलै ड्राइभिङ भिसामै पठाउने धीरजले विश्वस्त पारे । साथीको साला भोजबहादुर कार्की क्यानडामै भएको र उनीसँग मिलेर बिकले क्यानडा पठाउन लागेकामा दीपक कार्की पनि विश्वस्त थिए ।

विश्वकर्माले आफू विगत लामो समयदेखी विदेश बसेको र युरोप,क्यानडा लगायतका देशमा रोजगारीका लागि धेरैलाई पठाइसकेको भन्दै ९० लाख ७१ हजार उठाएर ठगी गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । 

ठगीको आरोपमा पक्राउ परेका विश्वकर्मालाई मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्