१५ माघ, काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
अदालतले प्रधानमन्त्री ओलीलाई मात्रै नभएर अदालत अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीलाई पनि आफैँ अदालतमा उपस्थित् भएर लिखित जवाफ दिन आदेश दिएको छ ।
त्यस्तै, अदालतको अवहेलना मुद्दामा नै पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं अदालत आएर लिखित जवाफ दिन पनि आदेश दिएको छ । आज (बिहीबार) न्यायाधीश मनोजकुमार शर्माको इजलासले यस्तो आदेश दिएको हो ।