Logo

चुनाव नजिकिएसँगै नेकपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो



Spread the love

१५ माघ, काठमाडौँ । निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई निर्वाचन प्रयोजनका लागि शुक्रबार उपस्थित हुन बोलाएको छ ।

आयोगले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी छलफल गर्न बोलाएको छ ।

माघ १६ शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनका अनुसार २ वटा विषयमा छलफल गर्न उनीहरुलाई बोलाइएको हो । 

अनौपचारिक रुपमा फुटेको नेकपालाई केही दिनअघि मात्र निर्वाचन आयोगले दुवै पक्षलाई मान्यता नदिने निर्णग गरेको थियो । नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो ।

सरकारले आगामी वैशाख १७ र २७ निर्वाचनको मिति तोकेपछि आयोजले दल दर्ता प्रक्रिया चाँडै नै सुरु गर्ने बताएको छ । नेकपाको विवाद निरुपण र विभाजन सम्बन्धीमा शुक्रबार आयोगमा छलफल हुने बताइएको छ ।

यसअघि नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले अस्वीकार गरिसकेको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्