रेखा पौडेल
ए भाइ के तिमीलाई थाहा छ ।
पहिला नेपाल त बाईसी चौविसी राज्य थियो रे नि,
टुक्राटुक्रा राज्य जोडेर सिङ्गगो नेपाल बनाउनलाई,
धेरै आमाका छोरा शहीद भएका हुन् रे त !
बाहिर कसैको आँखा नलागोस् भनेर,
नेपाललाई नेपालीको साझा फुलबारी बनाउने भनेर,
पृथ्वीनारायण शाहको रणनीति अनुसार अघी बढ्दै गर्दा,
हाम्रा पुर्खाहरू धेरै शहीद भएका छन् रे त !
चारैतिर बाट अंग्रेजहरुले आक्रमण गर्दा,
केवल नाङगो खुकुरीको भरमा लडेर,
अस्तित्वको लागि पानी बिना नै लड्दै,
आमालाई जोगाउनको लागि धेरै शहीद भएका छन् रे त !
नेपालको त आफ्नो नाम भयो सान भयो ।
तर नेपालीको कुनै अपनत्व भएन ।
सबै राणहरुको जहानिया शासनले खोस्यो भनी,
प्रजातन्त्रको लागि फेरी छोराहरू शहीद भए रे नि त !
नेपाल नै नेपालीको आफ्नो अस्तीतव हो भनेर,
सो अस्त्विलाई जोगाउनको लागि भनेर,
पुन नेपालमा गणतन्त्र, लोकतन्त्र आवश्यक छ भनी,
दशौ हजार नेपाली सपुतहरु शहीद भए रे नि,
गणतन्त्रको लागि चाहे जनयुद्द नै होस् या ।
लोकतन्त्रको लागि चाहे जनआन्दोन नै होस् ।
नेपालको परिवर्तनका लागि नै होला ।
नेपाल आमाका छोरा शहीद भएका छन् रे त !
प्रजातन्त्र त मेरो लागी इतिहास भयो ।
जनआन्दोलन पछि देशमा लोकतन्त्र पनि आयो ।
अब नेपाल पुन सघियतामा पनि गइसक्यो
प्रदेश प्रदेशको नाममा टुक्राटुक्रा पनि भइसक्यो ।
के अब फेरी कुनै इतिहास रच्ने हो र र ?
ठाउठाउमा, आफ्नै ठाउँमा, एउटाको स्वार्थको लागि,
के देशको नै अस्तित्व मेटाउनको लागि,
फेरी कुनै छोरा शहीद बन्ने हो त ?