Logo

प्रचण्ड-माधव समूहले बुटवलमा जनप्रदर्शन गर्दै



Spread the love

१५ माघ, बुटवल । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार शक्ति प्रदर्शन गरेको छ ।

प्रचण्ड–नेपालले सम्बोधन गर्नु पूर्व बुटवलका तीन ठाउँबाट र्याली निकाल्ने तयारी छ । बुटवलको गोलपार्क, जितगढी र राजमार्ग चौराहाबाट विरोध र्याली गरिने प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिए ।

गोेलपार्कबाट सुरु हुने र्यालीको नेतृत्व ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषोत्तम घिमिरेले गर्ने छन् । यस्तै बुटवलको राजमार्ग चौराहाबाट सुरु हुने र्यालीको नेतृत्व धनश्याम भुषाल, धनश्याम यादब र नारायण जिसीले तथा जीतगढीको बलदेव खनाल, ओनसरी घर्ती र राजु गुरुङले गर्ने छन् । बुटवलमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कार्याकर्ता ल्याउन सवारीसाधनको व्यवस्था  गरिएको प्रदेश अध्यक्ष ओनसरी घर्तीले बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको छ। ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रचण्ड माधव पक्षले निरन्तर सडक आन्दोलन गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस्