Logo

होसियार ! खाना खाने बितिकै भुलेर पनि नगर्नुहोस् यी कार्यहरु



Spread the love
Sagarmatha | » बेलुकीको खाना ढिलो खानुहुन्छ?त्यसो भए यो पढ्नुस!

एजेन्सी । खाना खाएपछी हामिलाई निद्रा लाग्ने गर्छ । धेरैले खाना खाएपछी आराम गर्ने गर्छन् । तर खाना खाएपछी केहि यस्ता कामहरु गर्न हुँदैन।

हामी खाना खाएपछी कुनै काम गर्दा पाचन प्रक्रियालाई प्रभाव पर्ने गर्छ । केहि यस्ता खानेकुराहरू हुन्छन् जुन खाना खाने बित्तिकै खाँदा स्वास्थ्यलाइ हानी गर्छ ।

चिसो पानी
खाना खाने बित्तिकै चिसो पानी नखानुहोस् । यसले खानालाइ डाइजेस्ट हुन दिदैन् त्यसैले खाना खाने बित्तिकै मनतातो पानी खानुहोस् ।

नसुत्नुहोस्
खाना खाने बित्तिकै सुत्नाले एसिडिटीको समस्या हुन्छ । साथै पेट पनि लाग्छ त्यसैले कम्तीमा खाना खाएको आधा घन्टापछि मात्र बेडमा पल्टिनुहोस् ।

चुरोट
सकभर त चुरोट नखानु नै राम्रो यसले स्वास्थ्यमा कुनै फाइदा गर्दैन । खाना खाने बित्तिकै चुरोट खाँदै नखानुहोस्। खाना खाने बित्तिकै चुरोट खाँदा १० वटा चुरोटले असर गर्ने बराबर एउटाले गर्छ । त्यसैले खाना खाएको १ घन्टा नहुँदै चुरोट नखानुहोस् ।

ननुहाउनुहोस्
खाना खाने बित्तिकै नुहाउनाले पनि डाइजेस्टमा समस्या हुन्छ । खाना खाने बित्तिकै मन तातो पानीले नुहाउदाँ झन समस्या बढ्छ । त्यसैले खाएको ३० मिनेट जती पछिमात्र नुहाउनुहोस् ।

चिया
खाना खाने बित्तिकै चिया नपिउनुहोस् । यसले गर्दा आलस्य, रक्तअल्पता, थकान निम्त्याउँछ । त्यसैले खाना खाने बित्तिकै चिया नपिउनुहोस् ।

फलफुल
खाना खानुभन्दा अगाडी फलफुल खानुहोस् तर खाना खाने बित्तिकै फलफुल नखानुहोस् ।

प्रतिक्रिया दिनुहोस्