१४ माघ, काठमाडौँ । देशभरका प्रयोगशालामा ४ हजार ३ सय ८२ जनाको पीसीआर परीक्षण गर्दा बिहिबार थप २ सय ८३ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता २ सय ८३ जना कोरोना संक्रमण देखिएका मध्य झापामा ४, ताप्लेजुङमा १, तेह्रथुममा १, सुनसरीमा १, धनुषामा ४, बारामा २, महोत्तरीमा १, सप्तरीमा १, सिरहामा १, काठमाडौँमा १२२, काभ्रेमा १, चितवनमा २७, दोलखामा २, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ९ र ललितपुरमा १४, सिन्धुपाल्चोकमा १, कास्कीमा २३, गोरखाका २, तनहुँमा ३, नवलपरासी पूर्वमा १०, लमजुङमा १, बाग्लुङमा १, स्याङजामा २, अर्घाखाँचीमा २, कपिलवस्तुमा १, गुल्मीमा १, पाल्पामा २, बर्दियामा ४, बाँकेमा ९, रुपन्देहीमा ११, अछाममा १, कञ्चनपुरमा २, कैलालीमा १, डडेल्धुरामा ६, डोटीमा २ र बैतडीमा १ जना संक्रमित थपिएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६५ हजार ०६९ पुगेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।