१४ माघ, काठमाडौं । काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गर्नुभएको हो । उहाँले खरीद गरेरै भए पनि तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाइसक्ने बताउनुभयो ।
ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौँ । यो खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराइनेछ।’
उनले भने,’हामी प्राथमिकताका आधारमा निशुल्क उपलब्ध गराउनेछौँ, नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो यसका लागि आवश्यक बजेट प्रबन्ध भएको छ ।’
प्रतिक्रिया दिनुहोस्