१४ माघ, काठमाडौं । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी धरौटीमा रिहा भएकी छन् ।
काठमाडौ जिल्ला अदालतले उनलाई २ लाख ७७ हजार धरौटीमा आइतबार रिहा गरेको हो ।प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोपमा उनी गत पुस २७ गते पक्राउ परेकी थिइन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो ।
उनलाई पुस २७ गते धुम्बाराहीस्थित घरबाट पक्राउ गरिए थियो । प्रहरीका अनुसार गायक प्रमोद खरेलले दिएको प्रतिलिपि अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा शर्मालाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्