Logo

कोरोनाको खोप लगाउन शुरु, टेकुका स्वास्थ्यकर्मी डा.सागर राजभण्डारीले लगाए खोप



Spread the love

काठमाडौं- नेपालमा कोभिड १९ विरुद्वको खोप लगाउन सुभारम्भ भएको छ।

उक्त क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

उनीहरुले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका हुन् । उक्त अस्पतालले पहिलो दिन चार सय जनालाई खोप लगाइदिने जनाइएको छ । 

 उनले भने, ‘यो पनि इन्फ्लुएन्जा खोप जस्तै हो। डराउनुपर्ने कुरा छैन। त्यसैले खोप लगाउनु पूर्व पनि र लगाएपछि खुशी नै छु। स्वास्थ्यकर्मी लगायत सबैले उत्साहित भएर खोप लगाउनुहोस् भन्न चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्