Logo

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता



Spread the love

१३ माघ, काठमाडौं। प्रधानमन्त्री केपी ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता भएको छ । न्यायालयको अपहेलना गरेकामा कार्वाही माग गरिएको मुद्दा अदालतले दर्ता गरेको हो ।

मंगलबार सर्वोच्च अदालत प्रशासनमा ओलीविरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ता भएको हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका हुन् । आचार्यको ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको छ ।

माघ ९ गते कार्की ब्याङ्केटमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिविरूद्ध माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले अपहेलनाको मुद्दा पेश गरेका थिए।

त्यस्तै, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए।

अदालतको अपहेलना गर्ने प्रधानमन्त्री ओलीमाथि न्याय परिषद ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजायँ गर्न निवेदकले माग पनि गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्