१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्व नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गरेको छ ।
उनीहरु प्रदर्शन गर्दै बालुवाटार पुगेपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीकाे फोहोराले हानेको थियो । प्रहरीले उनीहरुमाथि निषेधित क्षेत्रमा प्रदर्शनका साथै र नाराबाजी गरेका कारण हस्तक्षेप गरेको हो । प्रदर्शनमा कमलपोखरी बचाउ अभियानका अभियन्ताहरु समेत सहभागी थिए ।
कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताहरुले सरकारको प्रतिगमनविरुद्ध मार्च पास गरेका हुन् । तर उनीहरूकाे शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रहरीकाअनुसार केहीलाई पक्राउ गरिएको छ। उनीहरूले आरडिटी बन्द गरी पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने, कर तिर्न गरेको ताकेता, राष्ट्रपति कार्यालयमा फेर्न लागेको कार्पेट लगायतका विरूद्ध विरोध प्रदर्शन गरेका हुन्।