Logo

भारतले विकास गरेको कोभ्याक्सिनले पूरा गर्‍यो डब्लूएचओका मापदण्ड, प्रयोगका लागि सुरक्षित



Spread the love

नयाँ दिल्ली । भारतले विकास गरेको कोभ्याक्सिन खोपले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड पूरा गरेको केन्द्रीय औषधि नियन्त्रण संगठन (सीडीएससीओ)ले जनाएको छ ।

भारत बायोटेक्सले विकास गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनले विश्व स्वास्थ्य संगठनले तय गरेका सम्पूर्ण मापदण्ड पूरा गर्नुका साथै सुरक्षित भएको औषधि नियन्त्रक इस्वारा रेड्डीले बताएका छन् ।

जीटो प्रोफेशनल फोरम (जेपीएफ) मा बोल्दै रेड्डीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार कुनै पनि खोपको न्यूनतम प्रभावकारिता कम्तिमा ५० प्रतिशत हुनुपर्ने र आधारभूत मापदण्डहरु पूरा गरेको हुनुपर्ने बताएका छन् । कोभ्याक्सिनको डब्ल्यूएचओ मापदण्डको बैठकमा उनले भने, “हामी निश्‍चित गर्छौं कि यो खोप सुरक्षित छ र यसको प्रभावकारिता (कोभाक्सिनको) सन्तोषजनक छ।”

रेड्डीले भारतले विकास गरेको खोप सुरक्षित भएको बताएका छन् । उनले सरकारले कोभिड खोप डोज प्राप्त गर्ने सबैलाई नियालेर हेर्ने बताएका छन् । “सबै लाभार्थीहरूको अनुगमन गर्न एक मजबूत कार्यक्रम निर्माण गरिएको छ,” रेड्डीले भने ।

उनले नोभेल कोरोना भाइरसको प्रसारण श्रृंखला तोड्न खोप अत्यन्त महत्त्वपूर्ण छ । रेड्डीले यी खोपहरूको प्रतिरक्षाको पक्षमा पनि बोले । “यो प्रतिरोधात्मकता कहिलेसम्म रहनेछ भनेर स्पष्ट रूपमा थाहा छैन (यी खोपहरूको लागि),” उनले भने ।

यद्यपि रेड्डीले थपे कि प्रायः यो आशा गरिन्छ कि खोपहरूले आजीवन प्रतिरक्षा दिन्छ ।

प्रतिक्रिया दिनुहोस्