१२ माघ, काठमाडाैँ । लोकप्रीय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ नयाँ प्रस्तोताका साथ प्रसारण सुरू भएको छ ।
रबि लामिछानेले न्युज २४ टेलिभिजनसँगको यात्रा टुंग्याएसँगै उनले चलाएको लोकप्रीय कार्यक्रम सम्झना भुजेलले सञ्चालन गरेकी हुन् ।
गत हप्ता रबी लामिछानेले टेलिभजन छोडेपश्चात् यो कार्यक्रम अब के हुने हो भन्ने द्विविधा अब भने दूर भएको छ ।
यद्यपि, रबि लामिछाने बिनाको यस कार्यक्रममा दर्शकहरूको असन्तुष्टि भने देख्न सकिन्छ । १२ घण्टाअघि युट्युबमा अपलोड गरिएको उक्त कार्यक्रमको भिडियोमा लाइकको तुलनामा डिस्लाइक गर्नेको संख्या करीब साँढे ३ हजारले बढी छ ।
त्यस्तै, दर्शकहरूले भिडियोको कमेन्ट सेक्सनमा पनि रबि लामिछाने बिनाको यस कार्यक्रमबारे असन्तुष्टि जनाउने कमेन्टहरू लेखिरहेेका छन् ।
यसभन्दा अघिका एपिसोडहरूमा डिस्लाइकको तुलनामा लाइकको संख्या धेरै हुने गरेको थियो । रबि लामिछाने गत बिहीबारको एपिसोड पूरा गरेसँगै न्युज २४ टेलिभिजनबाट बिदा भएका छन् ।