११ माघ, रूपन्देही । सामूहिक बलात्कारको आरोपमा एकजना प्रहरीसहित दुई जनालाई पक्राउ गरेको छ ।
बलात्कार भएको झण्डै तीन महिनापछि प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाले बताएको छ ।
रुपन्देही प्रहरीका अनुसार ट्राफिक प्रहरी जवान शर्मासहित तीन जना मिलेर एक महिलाको सामूहिक बलात्कार गरेका थिए ।
रूपन्देही प्रहरीका डिएसपी प्रदीप सिंह राठोरका अनुसार २३ कात्तिकमा बाटोमा हिँडिरहेका दिदी बहिनीलाई केरकार गरी सामूहिक बलात्कार गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्