Logo

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी हुन्- प्रधानमन्त्री केपी ओली



Spread the love

११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको बताए ।

बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेको खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए ।‘मैले आफ्नो हातमा लिएको भए पो तनाशाह हुन्छु, जनताको बीचमा जान्छु भन्दा म तानाशाह भएँ ?’ उनले भने, ‘किनबेच र तिकडम गरेर मै शासक रहन्छु भनेको छैन । मैले त जनताका बीचमा जाउँ भनेको छु ।’

कार्यक्रममा ओलीले बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेको खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए ।

उनले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भन्नेहरु पनि छन् । अलोकतान्त्रिक कदम भनेर कराउने मान्छे नै संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी हुन् ।’

प्रतिक्रिया दिनुहोस्