काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । उनी आइतबार विवाह बन्धनमा बाँधिएका हुन् ।
४९ वर्षका राईले २३ वर्षीया मोडल जाग्मु शर्पासँग विवाह गरेका हुन् । बालुवाटारस्थित एलिश रिसेप्सन्समा विवाह समारोहको आयोजना भएको छ । विवाहमा अति निकटका सानो समूहलाई मात्र आमन्त्रण गरिएको छ । राईको विवाहमा सञ्चारकर्मीलाई पहुँच दिइएको छैन ।
मुख्यमन्त्री राईले काठमाडौँको एक पार्टी प्यालेसमा सानो जमघटका बीच विवाह समारोह सम्पन्न गरेका हुन्। उनको विवाहमा पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए।
विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्